टिकटक, ह्वाट्सएपमार्फत् लक्की ड्रमा आइफोन जितेको भन्दै ठगी: दुई युवक प’क्राउ

0 minutes, 0 seconds Read
Spread the love

सामाजिक सञ्जालमार्फत लक्की ड्रमा जितेको भन्दै ठगी गरेको आरोपमा दुई युवक पक्राउ परेका छन्।

सोमबार पर्सा बहुदामाई नगरपालिका-८ बस्ने ३० वर्षीय राजु कुमार पण्डित र रौतहट कटहरीया नगरपालिका-१ का २१ वर्षीय उमेश कुमार यादव पक्राउ परेका हुन्।

साइबर ब्युरोको टोलीले उनीहरूलाई ललितपुर, कुपण्डोल गुसिङ्गालबाट पक्राउ गरेको हो ।

उनीहरूले सामाजिक सञ्जाल टिकटक, फेसबुक, ह्वाट्सएपमा जमजम इलेक्ट्रोनिक्समार्फत लक्की ड्रमा आइफोन जितेको र कस्टम क्लियरेन्सको लागि पैसा पठाउनु पर्छ भन्दै ठगी गरेको उजुरी थियो।

उक्त उजुरीको आधारमा अनुसन्धान गर्दा पण्डित र यादवको संलग्नता रहेको खुल्न आएकाले पक्राउ गरिएको साइबर ब्युरोले जानकारी दिएको छ।

ब्युरोको प्रवक्ता प्रहरी उपरीक्षक पशुपति रायका अनुसार उनीहरूको साथबाट  ४९ लाख ९५ हजार रुपैयाँ, मोबाइल ७ थान, सिम १ सय ८३ थान, एटिएम कार्ड १२ थान र राउटर १ थान बरामद गरेको बताए।

उनीहरूविरूद्ध विद्युतीय ठगी कसूरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जानकारी दिए।  सेतोपाटी

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *