Home / News / रुकुम पुगेर यसरी छम-छमी नाचे जनार्दन शर्मा

रुकुम पुगेर यसरी छम-छमी नाचे जनार्दन शर्मा

रुकुम, कात्तिक २३ – आसन्न निर्वाचनका लागि उम्मेदवारहरु आ–आफ्नो क्षेत्रमा भोट माग्न व्यस्त छन् ।

भोट माग्नका लागि उम्मेदवारहरुले विभिन्न तरिका अपनाएका छन् । कसैले मतदाताको धान काटिदिएर, कसैले खेत जोतिदिएर त कसैले अरु काम गरेर मतदाता रिझाउने कार्य गरिरहेका छन् ।

रुकुम पश्चिमका प्रतिनिधिसभा सदस्यका उम्मेदवार जनार्दन शर्मा र उनीसँगै हिँडेका नेकपा एमालेका केन्द्रीय सदस्य शेरबहादुर केसीको टोली भने यतिबेला मतदातासँगै नाचेर भोट माग्नमा व्यस्त भएका छन् ।

 

चुनावी प्रचारका लागि हिँडेको टोलीलाई स्वागत् गर्न आएका स्थानीय विभिन्न झाँकीसँगै नेताहरु पनि नाचेर भोट माग्नमा व्यस्त भएका हुन् । उम्मेदवार शर्माले विशेषगरी रुकुममा लोप हुन लागेको प्रसिद्ध मयुर नाच, सिंगारु नाच र पञ्चेबाजासँगै आएको झाँकीमा रमाउँदै भोट मागेका हुन् ।

शर्मासहितले बिहीबार चौरजराहीमा मयुर नाच र पञ्चेबाजासँगै नृत्य गरेपछि मतदाताहरु पनि रमाइलो मान्दै दंग भएका थिए । झाँकीसँगै नेताहरु नाच्न थालेपछि मतदाताहरु पनि उत्साहित भएको चौरजहारी नगरपालिकाका स्थानीय ऋषिप्रसाद शर्माले बताए ।

साभार:samajikmedia.com बाट

 

About admin

Check Also

विद्युत वितरण केन्द्रको लापरबाही : करेन्ट लागेर १ जनाको मृत्यु, ४ घाइते

हुम्ला– हुम्लामा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ भने ४ जना घाइते भएका छन्। …

Leave a Reply

Your email address will not be published. Required fields are marked *