Breaking News
Home / News / अटो दुर्घटनामा २९ बर्षीया शिक्षिका शशी भुषालको निधन

अटो दुर्घटनामा २९ बर्षीया शिक्षिका शशी भुषालको निधन

अटो दुर्घटनामा शिक्षिकाको मृत्यु

दाङ: दाङमा अटो दुर्घटना हुँदा एक जना शिक्षिकाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन्। दाङको तुलसीपुर १६ भलैमा अटो रिक्सा दुर्घटना हुँदा गोरखा मावि तुलसीपुरकी शिक्षिका तुलसीपुर ६ की २९ बर्षीया शशी भुषालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

अनटेष्ट अटो रिक्सा दुर्घटना हुँदा अन्य ७ जना घाईते भएको छन्। गम्भीर घाईते भएकी भुसालको तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।

घाईते घोराही उपमहानगरकी टिका खनालको उपचारका लागि नेपालगंज रेफर गरिएको छ भने पबित्रा भुषालको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भईरहेको छ। अन्यको भने अबस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ। अटो र अटो चालकलाई प्रहरीले नियणत्रणमा रहेको प्रहरीले वताएको छ। तीव्र गति र बढि लोड हुदाँ अनियन्त्रित भएर अटो पल्टिएको बुझिएको छ।

साभार :अन्नपुर्ण पोस्ट बाट

About admin

Check Also

मोडमा ‘ब्याक’ गर्दा दुर्घटना

सुर्खेत- तीन वर्षअघि मात्रै ट्याक खुलेको बाँकी–बाहाकोट सडक खण्डको डाङ्ग्रे मोडमा बुधबार बोलेरो जिप दुर्घटना …

Leave a Reply

Your email address will not be published. Required fields are marked *