Home / Sports / खराब इतिहास रच्यो नेपालले, फुटबलमा भूटानसँग पराजित

खराब इतिहास रच्यो नेपालले, फुटबलमा भूटानसँग पराजित

नेपाली फुटबलको इतिहासमा नेपाल पहिलोपटक भुटानसँग पराजित भएको छ । १८ वर्षमुनिको साफ च्याम्पियनसिप अन्तर्गत बुधबार भुटानको थिम्पुमा भएको खेलमा नेपाल १–० ले पराजित भएको हो ।

भारत जस्तो बलियो टीमसँग कडा प्रतिष्पर्धा गर्न सफल नेपाल कमजोर मानिने भुटानको टोलीसँग हारेको हो ।

नेपाली खेलाडीहरुले आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्न नसकेपछि फुटबललाई माया गर्ने आम नेपाली निराश बनेका छन् । यद्यपी पेनाल्टीको अवसर भुटानले नपाएको भए भने नेपाल पराजित हुन सक्ने थिएन ।

खेलको ८७ औँ मिनेटमा पेनाल्टीमार्फत भुटानले गरेको गोल नै निर्णायक भयो । नेपालका खेलाडीले डि–बक्सभित्र हेन्ड गरेपछि भुटानले पाएको पेनाल्टीमा ओर्जिन वाङचुकले गोल गरेका थिए ।

खेलमा नेपालले पाएका केही अवसर सदुपयोग गर्न सकेन । राष्ट्रिय टोली र कुनै पनि उमेरसमूहमा समेत नेपाल भुटानसँग पराजित भएको यो नै पहिलो पटक हो ।

प्रतियोगितामा आयोजक भुटानसहित नेपाल, भारत, बंगलादेश र माल्दिभ्स छन् । नेपालले दोस्रो खेल शुक्रबार माल्दिभ्ससँग खेल्नेछ । यस्तै आउँदो ९ गते बंगलादेशसँग र ११ गते भारतसँग खेल्नेछ ।

साभार :everestdainik.com

About admin

Check Also

हङकङमा मगेन्द्र राईलाई टेनिस ट्रफी

हङकङ नेप्लिज टेसिस सोसाइटीद्वारा आयोजित ‘न्यूइयर कप’ को उपाधी नेपालखबरका संवाददाता मगेन्द्र राईले जितेका छन्। …

Leave a Reply

Your email address will not be published. Required fields are marked *