Breaking News
Home / Sports / अल्ट्रा धाविका मिरा राई फेरि भइन् प्रथम

अल्ट्रा धाविका मिरा राई फेरि भइन् प्रथम

काठमाडाैं, १ असाेज । अल्ट्रा धाविका मिरा राईले फेरि अर्काे सफल्ता प्राप्त गरेकी छन् । उनले संयुक्त अधिराज्यकाे ‘बेन नेभिस अल्ट्रा’ दौड जितेकी छन् ।

१५ घन्टा २७ मिनेट चार सेकेण्डमा निर्धारित दुरी पूरा गर्दै उनी महिलातर्फ पहिलो भइन् ।

आयोजकका अनुसार मिरा समग्रमा छैटौं भएकी थिइन् । पुरुषतर्फ पहिलो भएका डोनाल्ड काम्पबेलले १३ घन्टा २४ मिनेट २० सेकेण्डमा दौड पुरा गरेका थिए ।

संयुक्त अधिराज्यको दक्षिण तटमा रहेको विश्व प्रसिद्ध लख नेसबाट सुरु भएको दौड स्कटल्याण्डको पहाडी मैदान हुँदै बेलायतको सबैभन्दा उच्च पहाड बेन नेसिभ पास गरेर स्कटल्याण्डको किन्लोखलेभनमा पुगेर टुंगिएको थियो ।

पुरुष र महिलातर्फ पहिलो हुनेले एक हजार युरो पुरस्कार समेत पाउने आयोजकले जनाएको छ । मिरा राईले यसअघि दर्जनौ अन्तराष्ट्रिय अल्ट्रा दौड जितिसकेकी छिन् ।

-sarbajanik.com

About admin

Check Also

खराब इतिहास रच्यो नेपालले, फुटबलमा भूटानसँग पराजित

नेपाली फुटबलको इतिहासमा नेपाल पहिलोपटक भुटानसँग पराजित भएको छ । १८ वर्षमुनिको साफ च्याम्पियनसिप अन्तर्गत …

Leave a Reply

Your email address will not be published. Required fields are marked *