Breaking News
Home / News / यी हुन् बन्दुक तेर्साएर गाँजाको व्यापार गर्ने, प्रहरीमाथि नै गोली बर्साउने ‘कुमार’

यी हुन् बन्दुक तेर्साएर गाँजाको व्यापार गर्ने, प्रहरीमाथि नै गोली बर्साउने ‘कुमार’

गत पाँच वर्षदेखि मकवानुर प्रहरीको टाउको दुखाई बन्दै आएका थिए सागर पाख्रिन । उनलाई गाउँलेले फोरम भनेर चिन्छन् । उनका ग्याङका साथीले कुमार भन्छन् । प्रहरीले टार्जन र बाँदर भन्छ ।पाख्रिन मकवानपुर प्रहरी प्रमुख भएर पुग्ने सबैजसो एसपीको टाउको दुखाई हुन् । पाख्रिनले आफ्नो घरलाई बन्दुक, बारुद, गाँजा, छर्रा, गोलीको गोदाम बनाएर राखेका थिए ।बन्दुक तेर्साएर गाँजाको व्यापार गर्थे । सुराकी गर्नेलाई मार्थे । प्रहरीमाथि नै गोली बर्साउँथे । उनै पाख्रिन अहिले मकवानपुर प्रहरीको हिरासतमा छन् ।

यसरी पक्राउ परे मकवानपुरको मनहरि गाउँपालिकाको नयाँ वस्तीमा गएको चैत १५ गते गाँजा तस्कर र प्रहरीबिच गोली हानाहान भएको थियो । भारत निकासी गर्न लागिएको गाँजासहित तस्करहरुलाई पक्राउ गर्ने क्रममा गाँजा तस्करले प्रहरीमाथि गोली चलाएका थिए । प्रहरीले पनि जवाफी फायरिङ गरेको थियो । त्यसबेला सात क्वीन्टल गाँजा, ३५ किलो चरेससहित तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो । तर गाँजा तस्करका मुख्य नाइके सागर पाख्रिन फरार थिए । त्यसबेला मकनापुरका प्रहरी प्रमुख एसपी मिरा चौधरी हुनुहुन्थ्यो ।

चौधरीको टिमले पाख्रिनलाई पक्राउ गर्न तीन पटकसम्म प्रयास गरेको थियो । तर उनी सजिलै उम्केका थिए । अहिले मकवानपुर प्रहरीले पक्रनुमा ठूलो सफलता भएको चौधरीले बताउनुभयो । चौधरीभन्दा अघिका मकवानपुर प्रहरी प्रमुखले पनि उनलाई पक्राउ गर्न खोजे तर सकेनन् ।

तीन पाख्रिनलाई मकवानपुर प्रहरी र काठमाडौं प्रहरी मिलेर भदौ २४ गते पक्राउ गरेको छ ।काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ झ्याप्ले खोलामा भेष बदलेर ज्यामी काम गर्ने र उतैबाट गाँजाको सप्लाई गर्न थालेका पाख्रिन । यही सूचनामा मकवानपुर प्रहरीले काठमाडौं प्रहरीको सहयोगमा उनलाई पक्राउ गरेको हो । ‘यो काठमाडौं र मकवानपुरको सीमानामा बसेर भेष बदल्दै, बन्दुक तेर्साएर गाँजाको सप्लाई गर्‍थ्यो । सादा पोशाकमा खटिएको प्रहरीले पक्राउ गर्यो’ मकवानपुरका डिएसपी दिलिपराज झाले भन्नुभयो ।

यस्तो छ पाख्रिनको कर्तुत मकवानपुरका पहाडी भेगका धेरै ठाउँमा अवैध गाँजा खेती हुने गरेको छ । यसरी उत्पादित गाँजालाई भारतसम्म पुर्याउने काम ३६ वर्षे पाख्रिनले गर्दै आएको प्रहरीको अनुसन्धान छ । मकवानपुरको साविकको नामाटार–६ का स्थानीय बासिन्दा हुन् पाख्रिन । उनले नामाटारमा आतंक मच्चाएका थिए । प्रायः डुलिरहने उनी हतियार लिएर गाउँ पुग्थे ।

गाउँलेलाई त्रसित बनाउँथे । उनलाई गाँजा तस्कर, डन र हत्याराका रुपमा गाउँले चिन्दै आए पनि डरले प्रहरीलाई खबर गर्न सकेका थिएनन् ।२०६७ साल फागनु ३ गते राती पाख्रिनले गाँजा भारततर्फ सप्लाई गर्न लागेका थिए । हाँडीखोला गाविस–७ मुलखोला हुँदै भारततर्फ गाँजा सप्लाई गर्न लागेको बेला स्थानीय ६२ वर्षे ठुलीमाया थिंङले थाहा पाएर कराएकी थिइन् । ठुलीमायालाई घरभित्रै गई ‘तँ हल्ला गर्ने’ भन्दै गोली हानी हत्या गरेका थिए । त्यसपछि पाख्रिन बिरुद्ध कसैले बोल्न सकेका थिएनन् ।

गएको वैशाख ३ गते पाख्रिन घरमा आएको सूचना मकवानपुर प्रहरीकोमा आएको थियो । प्रहरी आउँदैछ भन्ने सुँइको पाएपछि पाख्रिन फरार भएका थिए । ‘हामीलाई ठाउँ नयाँ, कहाँबाट कता जाने त्यति पत्तो पनि भएन । यो त बाँदर जस्तै रछ । भिरपाखा डाँडाकाँडा केही भन्दैन् । शरीर पनि त्यस्तै छरितो भेट्नै सकिएन’ त्यसबेला पाख्रिन उम्किएको घटना सुनाउँदै डिएसपी झाले भन्नुभयो ।

पाख्रिन फरार भएपनि प्रहरीले उनको घरबाट कटुवा पेस्तोल दुई वटा, भरुवा बन्दुक एक वटा, गोली एक वटा, दुई सय ग्राम बारुद, ६ सय ५० ग्राम छर्रा, २० किलो गाँजा र सालकको खपटा बरामद गरेको थियो । यति धेरै सामान बरामद गरेपछि प्रहरीले थाहा पाएको थियो, पाख्रिनले घरलाई बन्दुक, गोली र छर्राको गोदाम बनाएको रहेछ ।

पाँच नाम, चार मुद्दा नागरिकताको नाम सागर पाख्रिन । ग्याङका साथीले बोलाउने नाम कुमार । गाउँलेले फोरम भनेर चिन्छन् । प्रहरीले टार्जन र बाँदर नाम राखेका थिए । प्रहरीमाथि नै गोली बर्साएपछि उनलाई टार्जन भनिएको थियो ।

बाँदर जस्तै भिरपाखा, डाँडाकाँडा कुदेर भागेकाले प्रहरीले उनलाई बाँदर उपनाम राखिदियो । यी पाँच वटा नामले परिचित पाख्रिनमाथि चार वटा मुद्दा लागेको छ ।

उनको घरबाट हातहतियार बरामद गरेकाले हातहतियार तथा खरखजना मुद्दा, गाँजा खेती गर्ने र ओसारपसार गरेकाले लागुऔषध मुद्दा, एक वृद्धाको हत्या गरेकाले ज्यान मुद्दा र सालकको खपटा भेटिएकाले अखेटोपहार मुद्दामाथि अनुसन्धान भइरहेको छ ।ujaalo बाट साभार

-satyasamachar.com

About admin

Check Also

सामाजिक सुरक्षाको २३ लाख बाटोमै हरायो

पोखरा- पर्वतको विहादी गाउँपालिका ६ शालिग्रामको सामाजिक सुरक्षा अनुदानको २३ लाख रुपैयाँ बाटोमा नै गायब …

Leave a Reply

Your email address will not be published. Required fields are marked *