पालिकाको मनोमानी, अदालतको फैसला लत्याउदै प्रधानाध्यापक सरुवा

0 minutes, 0 seconds Read
Spread the love

विद्यालयको काममा १० दिनका लागि जापान गएका चितवनको रत्ननगरस्थित नेपाल माध्यमिक विद्यालयका प्रधानाध्यापक बुद्धिराज सुवेदीलाई काममा नफर्किँदै पालिकाले सरुवा गरिदिएको छ ।

विद्यालयका प्रधानाध्यापक बुद्धिराज सुवेदीलाई २०७७ माघ ५ गते नगर शिक्षा समितिले ५ वर्षको लागि उक्त विद्यालयमा ल्याएको थियो । उनलाई २०८२ साल माघ ९ गतेसम्म विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्न नियुक्त पनि गरियो । तर ५ वर्ष नपुग्दै उनको सरुवा भएको छ ।

प्रधानाध्यापकले अदालत गुहारे । अदालतले उनको पक्षमा फैसला पनि गरिदियो । तर पालिकाले अदालतको फैसला नमान्दै अर्कै शिक्षकलाई प्रधानाध्यापक नियुक्त गरे ।

नेपाल माध्यमिक विद्यालय रत्ननगरको राम्रो भौतिक संरचना र आम्दानीको आधार भएको विद्यालय हो । सोही विद्यालयले सटरहरु भाडामा लगाएर अतिरिक्त आम्दानी समेत गर्दै आएको छ । सुवेदी प्रधानाध्यापक भएर गएपछि भाडा आउने व्यवस्था बैँकमार्फत गरिदिएका थिए ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *