Breaking News
Home / News / ५१ पण्डितको मन्त्रोच्चारणसँगै सुरु गरियो जानकी मन्दिर सौन्दर्यीकरण योजना

५१ पण्डितको मन्त्रोच्चारणसँगै सुरु गरियो जानकी मन्दिर सौन्दर्यीकरण योजना

१३ मंसिर, जनकपुरधाम । जनकपुरको जानकी मन्दिरको सौन्दर्यीकरणको काम सुरुवात भएको छ ।

प्रदेश नम्बर २ सरकारको मुख्य कार्यक्रम मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत जानकी मन्दिर सौन्दर्यीकरण योजनाको सुरुवात गरिएको छ । बिहीबार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शिलान्यास गर्दै कार्यक्रमको सुरुवात गरेका हुन् ।

मुख्यमन्त्री राउतले ५१ जना पण्डितहरुको मन्त्रोचारणका साथ मन्दिर सौन्दर्यीकरण योजनाको शिलान्यास गरेका हुन् । उनी जानकी मन्दिर पुग्दा ५१ जना पण्डितका साथै २१ जना महिलाहरुले मन्त्रोचारण र कलशसहित स्वागत गरेका थिए ।

मुख्यमन्त्री राउतले प्रदेश सरकारले आफनो विकास योजना विश्वभरिकै हिन्दुहरुको आस्थाको केन्द्र तथा मुलुककै धरोहर जानकी मन्दिर बाट शुरु गरेको उल्लेख गरे । उनले जानकी मन्दिरबाट शुरु भएको प्रदेश सरकारको विकास योजना प्रदेश भरिनै गतिशील रुपमा अगाडि बढ्ने र यसमा कुनै पनि बाधा अवरोध नहुने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री राउतले जानकी मन्दिरको सौन्दर्यीकरणले जनकपुरको विकासका साथै लाखौ पर्यटकलाई ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने र आर्थिक उर्पाजनका साथै प्रदेशकै समृद्धिमा योगदान पु¥याउने उल्लेख गरे । उनले जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन प्रदेश सरकारले हरेक प्रकारका भूमिका खेल्ने उल्लेख गर्दै मन्दिरको विकासको लागि ८ करोर मात्र नभई आवश्यक जतिसुकै लगानी गर्न प्रदेश सरकार तयार भएको बताए ।

जानकी मन्दिर सौन्दर्यीकरण योजनाको ठेक्का परेरा जेभीले पाएको छ । निर्माण कम्पनीलाई असार मसान्त भित्र कार्य सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ । पहिलो चरणको योजना अन्तर्गत जानकी मन्दिर परिसरमा टायल्स, ग्रिनाइट, अउण्डर ग्राउण्ड नाला र तीनै तिरको मुलद्वार निर्माण गर्ने कार्यक्रम रहेको छ ।sources:online khabar

About admin

Check Also

सेनामा झण्डै ३८ सय संख्यामा भर्ना खुल्यो

१० मंसिर, काठमाडौं । नेपाली सेनाले झण्डै ३ हजार ८ सय संख्यामा भर्ना आह्वान गरेको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *