Breaking News
Home / Sports / बुद्ध एयर गोल्डकपको उपाधि मोरङलाई, कर्ण लिम्बूकाे ह्याट्रिक

बुद्ध एयर गोल्डकपको उपाधि मोरङलाई, कर्ण लिम्बूकाे ह्याट्रिक

बेलबारी । मोरङ लक्ष्मीमार्गमा जारी दोस्रो अन्तराष्ट्रिय आमन्त्रण डाँगीहाट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मोरङ एकेडेमीले चुमेको छ । लक्ष्मीमार्गको खेलमैदानमा शनिबार सम्पन्न फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन विर्तामोड युनाइटेडलाई ६–० को फराकिलो गोल अन्तरले पछि पार्दै मोरङले उपाधि चुमेको हो । डिफेन्डिङ च्याम्पियन मोरङको जितमा कर्ण लिम्बूले ह्याट्रिक गरेका थिए । उत्कृष्ट खेल प्रर्दशन गरेका मोरङका खेलाडीहरु निशान लिम्बू, शौजन राई र विदेशी खेलाडी पेन्कले एक÷एक गोल गरेका थिए । खेलको सुरुवातदेखि नै तालमेल गोल गर्ने अवशर पाएका मोरङले विर्ताममोडलाई भने अन्तिम समय सम्म कुनै गोल गर्ने मौका दिएनन् । उपाधिसंगै मोरङले दुई लाख २२ हजार दुई सय २२ रुपैयाँमा प्राप्त ग¥यो । उपविजेता विर्तामोडले एक लाख ११ हजार एक सय ११ रुपैयाँमै चित्त बुझाउनु पर्यो । मोरङले विर्तामोड संगै पहिलो गोल्डकपमा हार बेहोरेका थिए । मोरङले मध्यान्तर अघि एकतर्फी गोल गर्दै खेल प्रर्दशन गरेका थिए । खेलको ५ औं मिनेटमै पहिलो गोल गरेपछि केहि निराश बनेका विर्तामोडका खेलाडीले मोरङ विरुद्ध गोल प्रहार गर्न धेरै प्रयास गरेका थिए । विदेशी खेलाडी पेन्कको प्रहारमा बाधक बनेपछि विर्तामोडका गोलरक्षक मीन बस्नेत अलमलमा परेको फाइदा लिंदै निशान लिम्बूले गोलको खाता खोलेर टोलीलाई अगाडि बढाए । त्यसको एक मिनेट पनि वित्न नपाउँदै मोरङले गोल थप्दा खेल २–० मा पुग्यो । ६ औं मिनेटमा कर्ण लिम्बूले गोल थप्दा विर्तामोड थप दवाव झेल्न बाध्य भयो । आफ्नै प्रहार दोस्रो बारमा लागेर रिवाण्ड भएपछि कर्णले नै हेड गर्दै बललाई जाली चुमाए । ३८ औं मिनेटमा विवेक पौडेलको पास लिएर एक्लै अघि बढेका शौजन राईले वान भर्सेस वानको स्थितीमा बललाई पोष्टको दिशा दिंदा पहिलो हाफमा विर्तामोड ३–० गोल अन्तरले पछि प¥यो । खेलको ५६ औं मिनेटमा विर्तामोडका गणेश हेमरनले डिबक्स भित्र कर्ण लिम्बूलाई गलत ट्याकल गरेपछि रेफ्री श्याम दनुवार मोरङलाई पेनाल्टीको अवसर दिन चुकेनन् । विदेशी खेलाडी पेन्कले पेनाल्टी सुटआउट अवसरको सदुपयोग भने गर्न सकेनन् । उनको प्रहार पहिलो बार हुँदै बाहिरिंदा मोरङको ४–० गोल अन्तरले अघि बढ्ने अवसर खेर गयो । गणेशले पहेंलो कार्ड समेत पाए । निशान लिम्बूको पासका कर्णले बललाई जारी चुमाउँदा ५९ औं मिनेटमा मोरङ ४–० ले अघि बढ्यो । ६४ औं मिनेटमा विवेक पौडेलको क्रस पासमा एक्लै बल लिएर अघि बढेका कर्ण लिम्बूले बललाई पोष्टको दर्शन गराउँदै व्यक्तिगत तीन गोल गर्दा खेल ५–० मा पुग्यो । तेस्रो गोलसंगै कर्णले ह्याट्रीक पूरा गरे । मध्यान्तरपछिको इन्जुरी समयमा सुरज राईको पासमा विदेशी खेलाडी पेन्कले गोल गरेर आफ्नो टिमलाई ६–० को फराकिलो गोल अन्तरले जित दिलाए । पाएका अवसरलाई खेर फाल्दा विर्तामोड गोल विहीन बन्न पुग्यो । ३४ औं मिनेटमा रोशन थाम्स्वाङको पासमा लक्ष्मण चौधरी चुक्दा पहिलो हाफमा विर्तामोडले गोल फर्काउन सकेन । मध्यान्तरपछि केही सुधारिएको प्रदर्शन गरेको विर्तामोडका नानी लिम्बूले ४८ औं मिनेटमा पाएको फ्रि बल पनि गोल गर्न सकेनन् । आशिष चापागाईको पासमा खाली पोष्टमा लिम्बू चुक्दा विर्तामोड अभागी ठहरियो । खाली पोष्टमा ५१ औं मिनेटमा आशिष चापागाईको प्रहार मोरङका जीवन धामीले क्लियर गरिदिएर आफ्नो टिम विरुद्ध गोल हुनबाट जोगाए । ७० औं मिनेटमा आशिष चापागाईले वान भर्सेस वानको स्थितीमा गोल गर्न नसक्दा विर्तामोडले सान्त्वना गोल गर्ने अवसर पनि गुमायो । खेलको म्यान अफ दी म्याच मोरङका जीवन धामी घोषित भए । गोल्डकप प्रतियोगिताको म्यान अफ दी सिरिज मोरङका विवेक पौडेलले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । मोरङका किशोर गिरी उत्कृष्ट गोलरक्षक बने । सर्वाधिक गोलकर्ता र उत्कृष्ट स्ट्राईकरको उपाधि कर्ण लिम्बूले प्राप्त गरे । लिम्बूले प्रतियोगिता भर चार गोल गरे । बेष्ट डिफेन्सको उपाधि मोरङका प्रवेष दनुवारले पाए । उदियमान खेलाडी आयोजक डाँगीहाट गोल्डकपका मनिष राई र मिडफिल्डर मोरङकै संजोग राई घोषित भए । उत्कृष्ट प्रशिक्षक मोरङका संजीव बुढाथोकी बने । विजेता टिम र खेलाडीलाई अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा, आयोजक समितिका अध्यक्ष विक्रम राई लगायतले पुरस्कार वितरण गरे । ब्लास्ट खबर बाट

About admin

Check Also

पुलिस क्लब: युवा खेलाडीमा निर्भर ‘बूढो बाघ

७ मंसिर, काठमाडौं । विगतमा नेपाल पुलिस क्लबको नेपाली फुटबलमा निकै दबदबा रह्यो । तर, …

Leave a Reply

Your email address will not be published. Required fields are marked *