Breaking News
Home / Sports / महिला फुवटल प्रतियोगिताकाे उपाधि दार्जेलिङ्गलाई

महिला फुवटल प्रतियोगिताकाे उपाधि दार्जेलिङ्गलाई

चतरा / वराहक्षेत्रको चतरामा सम्पन्न तेश्रो अन्तराष्ट्रिय आमन्त्रण महिला फुवटल प्रतियोगिता–२०७५ को उपाधि युनाईटेड गल्र्स दार्जीलीङ्गले चुमेको छ । आईतवार सम्पन खेलमा आयोजक माउण्ट एभरेष्ट स्र्पोटिङ्ग क्लव लँई १ विरुद्ध २ गोलले हराउदै युनाईटेडले उपाधि माथि कब्जा जमाएको हो । खेलको पहिलो हाफको ३ मिनेटमा क्यापटेन सुस्मिता लेप्चाले पहिलो गोल गरी जितको खाता खोलीकी थिईन् । भने दोश्रो हाफको २५ मिनेट पुनः सुस्मीताले दोश्रो निणार्यक गोल गरी टिमको जित सुनिश्चित गरेकी थिईन् । भने आयोजक वाट टिम क्याप्टेन मनिषा विष्ट खेलको पहिलो हाफको ९ मिनेटमा सान्त्वना १ गोल गरेकी थिईन् । जितस“गै युनाईटेडले नगद ५१ हजार, ट्रफि मेडल तथा प्रमाणपत्र हात पारेको थियो । वराहक्षेत्र नगरपालिका खेलकुद विकास परिषद अध्यक्ष आशाराम चौधरीले प्रतियोगिताको प्रथम पुरस्कार र उपविजेता आयोजक माउण्ट एभेरेष्टलाई वराहक्षेत्र नपा वडा नम्बर २ अध्यक्ष हरिकृष्ण भट्टराईले नगद ३१ हजार,ट्रफि मेडल तथा प्रमाण पत्र प्रदान गरेका थिए ।

प्रतियोगिताको विद्यागत पुरस्कारमा, युनाईटेडकी निलु तिलके ले १० हजार सहित बेस्ट प्लेयर यसैगरी प्रतियोगिता भरी सबै भन्दा बढि ४ गोल गर्ने र प्लेयर अफ द म्याच युनाईटेडकी क्याप्टेन सुस्मिता लेप्चा घोषित भईन् । आयोजकवाट बेस्ड डिफेन्डर कोपिला धिमाल, बेस्ट गोलकिपर कल्पना क्षेत्री र बेस्ड मिडफिल्डरको पुरस्कार टिम क्याप्टेन मनिषा विष्टले प्राप्त गरेकी थिएन । ब्लास्ट खबर बाट

About admin

Check Also

पुलिस क्लब: युवा खेलाडीमा निर्भर ‘बूढो बाघ

७ मंसिर, काठमाडौं । विगतमा नेपाल पुलिस क्लबको नेपाली फुटबलमा निकै दबदबा रह्यो । तर, …

Leave a Reply

Your email address will not be published. Required fields are marked *