Breaking News
Home / Entertainment / साराको मुस्कानमा अड्किएको अनमोलसँगको प्रेम

साराको मुस्कानमा अड्किएको अनमोलसँगको प्रेम

नायक अनमोल केसी यूवतीहरुको लागि ढुकढुकी नै छन् । अनमोल केसीको जिन्दगीमा अहिलेसम्म यूवती आएको चर्चा खासै सुनिदैन । चलचित्र ‘जेरी’ रिलिजको समयमा आना शर्मासँग उनको प्रेमको चर्चा भएको थियो । तर यसपछि अनमोल प्रेमको खबरले खासै चर्चामा छैनन् ।

अहिले नेपाली मिडियामा अनमोल केसीको प्रेमको खबर सार्वजनिक हुन थालेको छ । नायक केसी र नायिका सारा सिर्पालीविच प्रेम रहेको खबर सार्वजनिक भएसँगै उनका फ्यानहरुमा समेत कौतुहलता पैदा हुन थालेको छ । अनमोल अहिले चलचित्र ‘ए मेरो हजुर ३’को छायांकनका लागि मुस्ताङमा छन् भने सारा चलचित्र ‘सुश्री सम्पत्ती’को प्रचारमा छिन् ।source:online khabar

About admin

Check Also

संरक्षणसँगै सिन्डिकेटः अशोक दर्जीमाथि एकाधिकार जमाउँदै टंक

मोरङ, उर्लाबारी घर भई हाल जापान बस्दै गरेका मञ्जुल मितेरीले भाइरल ब्वाई गायक अशोक दर्जीको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *