Breaking News
Home / Entertainment / बुद्ध नेपालमै जन्मका हुन् : पुनम पाण्डे

बुद्ध नेपालमै जन्मका हुन् : पुनम पाण्डे

काठमाडौँ / नेपाल भ्रमणमा रहेका एक भारतीय सिने कलाकारले भगवान् बुद्ध नेपालमा जन्म भएको बताउनुभएको छ । रुसमा जारी विश्व कप फुटबलको अवसरमा आफना नेपाली प्रशंसकसँग बसेर विश्वकप फुटबलको अन्तिम खेल हेर्न नेपाल आएका बलिउड नायिका पुनम पाण्डेले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उक्त विचार व्यक्त गर्नुभएको हो ।

कलाकार पाण्डेले आफू नेपालमा पहिलोपटक आएको र असाध्यै सुन्दर देशको रुपमा नेपाललाई पाएको बताउँदै भन्नुभयो, “मेरो आमाको मुखबाट नेपालको बारेमा धेरै कुरा सुनेकी थिएँ, ‘गौतम बुद्ध नेपालमा जन्मिएका हुन्’ भनेर भन्नुभएको थियो ।” आमाको भनाइ स्मरण गर्दै उहाँले थप्नुभयो, “म पनि नेपाल आउनका लागि आतुर थिएँ, सौभाग्यवस विश्वकप फुटबलको अवसरमा आउन पाइयो, म बहुत खुसी छु ।”

डेजाभु क्लब दरबारमार्ग काठमाडौँमा भारतीय नायिका पुनम पाण्डेले आफना प्रशंसक माझ भेटघाट गर्ने तथा विश्वकप फुटबलको फाइनले हेर्ने छन् । उहाँले यसपटकको विश्वकप क्रोयसियाले जितोस् भन्ने आफ्नो चाहना रहेको बताउनुभयो । डेजाभु क्लबका सञ्चालक केपी गैरेले कलाकार पुनम पाण्डे नेपाली समर्थकहरुबीचमा रहेर रसियामा जारी विश्वकप फुटबलको अन्तिम खेल हेर्ने चाहना राखेको जानकारी दिनुभयो ।

 

About admin

Check Also

टिपरले फेरि लियो ज्यान, मोटरसाइकल चालकको मृत्युपछि टिपर जलाइयो

काठमाडौँः काभ्रेको बनेपा बजारमा टिपरले ठक्कर दिँदा एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ। बनेपा बजारको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *