Breaking News
Home / News / स्थानीय तह र सामुदायिक विद्यायलमा इन्टरनेट सेवा संचालनमा ल्याउने तयारी

स्थानीय तह र सामुदायिक विद्यायलमा इन्टरनेट सेवा संचालनमा ल्याउने तयारी

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष भित्र सबै स्थानीय तह र सामुदायिक विद्यालयमा इन्टरनेट सेवा संचालनमा ल्याउने महत्वकांक्षी योजना अघि सारेको छ।

सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले आगामी आर्थिक वर्ष भित्र सबै स्थानीय तह र सामुदायिक विद्यालयहरुमा इन्टरनेट सेवा संचालनमा ल्याउने घोषणा गरेका हुन्। सरकारी तथ्यांक अनुसार नेपालका १ सय ५० भन्दाबढी गाउँपालिकामा इन्टरनेट सेवाको अभावमा बैंकहरु संचालनमा आउन सकेका छैनन्। मन्त्री बास्कोटाले सुशासन र समृद्धिको संकल्पलाई अघि बढाउन सबै स्थानीय तहमा तत्काल इन्टरनेटको व्यवस्था गर्न लागिएको स्पष्ट पारे।

आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देशभरका सबै सामुदायिक विद्यालयहरुमा पनि इन्टरनेटको सेवा आगामी आर्थिक वर्ष भित्र संचालनमा ल्याउने तयारी गरिएको जानकारी दिए। नयाँ पुस्तालाई प्रविधिमा पहुँच पु¥याउन पनि सबै सामुदायिक विद्यालयमा इन्टरनेट सेवा संचालन गर्नुको विकल्प नरहेको मन्त्री बास्कोटाको भनाइ छ।

नेपालमा २९ हजार सामूदायिक विद्यालय रहेकोमा हाल ८ हजार विद्यालयमा मात्रै इन्टरनेट सेवा उपलब्ध रहेको बताइएको छ। मन्त्री बास्कोटाले अव सबै सामूदायिक विद्यालयहरुमा इन्टरनेट सेवा संचालनमा ल्याइने बताए। उनले त्यसका लागि सरकारसँग स्रोत र साधनको पर्याप्त व्यवस्था नभएपनि सहयोगी हात रहेकोे बताए।

dcnepal.com बाट साभार गरिएको

About admin

Check Also

बस्तीमै पस्न थाल्यो चितुवा

बागलुङ : आहाराको कमीले चितुवा गाउँ बस्तीमै पस्न थालेका छन्। तीव्र मानवीय चाप, वन अतिक्रमण …

Leave a Reply

Your email address will not be published. Required fields are marked *