Home / News / १५ वर्षीया किशोरीमाथि वडाअध्यक्षकाे बारम्बार यौन शोषण, किशाेरी वेपत्ता !

१५ वर्षीया किशोरीमाथि वडाअध्यक्षकाे बारम्बार यौन शोषण, किशाेरी वेपत्ता !

१५ वर्षीया किशोरीमाथि वडाअध्यक्षकाे बारम्बार यौन शोषण, किशाेरी वेपत्ता !

कास्की, १९ वैशाख। मादी गाँउपालिका वडा नं ७ का वडाअध्यक्ष लालबहादुर गुरुङले लामो समयदेखि विवाह गर्ने प्रलोभनमा गाउँकै एक किशोरीलाई यौन शोषण गर्दै आएको घटना सार्वजनिक भएको छ

बिहेको प्रलोभनमा कक्षा ९ मा अध्यनरत १५ वर्षीय किशोरीलाई ३५ वर्षीय अविवाहित वडाअध्यक्षले हरेक राति आफ्नो घरमा लगेर यौन शोषण गरेकाे खुलासा भएकाे हाे । हरेक राति मोटरसाइलमा राखेर आफ्नो घर लाने र बिहान सवेरै किशाेरीको घरमा ल्याएर छोड्ने गरेको स्थानीयले थाहा पाएपछि घटना बाहिर आएको हो ।

घटनाको बारेमा गाउँमा चर्चा हुन थालेपछि गाउँलेले शनिबार राति वडाअध्यक्षको घर घेराउ गरेका थिए । उनको घरमा किशाेरी र वडा अध्यक्ष एउटै कोठामा भेटेपछि गाउँको घटना बाहिर नल्याउने भन्ने सहमती हुन थालेको थियो ।

तर आइतबार नेकपा एमालेका वडा कमिटीका अध्यक्ष बुद्धिबहादुर गुरुङको अध्यक्षतामा छलफल राखे पछि वडा अध्यक्षले किशोरीलाई बिहे गर्न दवाव दिइएका थिए । तर मुखले आफु किसोरी संग विवाह गर्न तयार भएको स्विाकारे पनि केटीको सुरक्षित भविष्यका लागि लिखित कागज गर्न भने वडाअध्यक्षले मन्जुर भएनन् । आफुले सवै बन्दोवस्त गर्छु भनेपनि कागज गरिएको छैन, अहिले त किसोरी पनि घरमा नभएको खवर सार्वजनिक भइरहेको छ ।

एउटा गरिव परिवार, अर्काको घरमा मजदुरी गरेर जीविकोपार्जन गर्दै आएको विपन्न परिवारकी छोरी संग संग धनी भनाउँदा त्यहि माथी बडाअध्यक्ष कसरी उनि संग विहे गर्ने । बरु खर्चपानी दिन्छु मलाइ नफसाउ । यस्तै भनीरहेका छन् रे लालबहादुर गुरुङले यतिबेला । किसोरीका साथी मार्फत किशाेरी र किशाेरीको परिवारमा आर्थिक प्रलोभन देखाउदै घट्ना लुकाउन खोजीएको किशाेरीका साथीहरुको भनाई छ ।अहिले किसोरी आफ्नो घरमा छैनन् ।

वडाअध्यक्षले दबाब दिएपछि किशोरी घरबाट निस्कन अबाध्य भइन तर उनि कहाँ छिन् का्े संग छिन कसैलाइ थाहा छैन । किसोरीका बुबा र अन्य कसैलाई पत्तो छैन किसोरीलाई कतीबेला कहाँ लगियो भनेर । माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका ३५ वर्षीय वडा अध्यक्षले राजनीतिक शक्तिका आडमा सबैको मुख बन्द गर्दै गरिब परिवारको इज्जतमाथि खेलवाड गरेको भन्दै यतिखेर गाउँलेहरु आक्रोशित भएका छन् ।

उनले ती किशोरीको मात्रै शोषण गरेका छैनन् । अन्य गाउँका युवतीमाथि पनि कुदृष्टि लगाउँदै हिड्ने गरेको अाराेप लाग्न थालेकाे छ। अहिले वडाअध्यक्षलाई कारबाही गर्नु पर्ने माग स्थानीयबासीको छ । वडाको अभिभावक जस्तो मान्छे बाट यस्ता कर्तुत हुन्छन् भने अन्यको अवस्था के होला याे प्रश्न स्थानीएकाे मनमा उव्जेकाे छ । यो घट्ना यस्तै सेलाउने हो भने वडा नं ७ बासीको बेइजत हुने स्थानियको भनाइ छ ।

About admin

Check Also

विद्युत वितरण केन्द्रको लापरबाही : करेन्ट लागेर १ जनाको मृत्यु, ४ घाइते

हुम्ला– हुम्लामा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ भने ४ जना घाइते भएका छन्। …

Leave a Reply

Your email address will not be published. Required fields are marked *