Home / News / सार्वजनिक सवारीमा पाकेट मार्ने पक्राउ

सार्वजनिक सवारीमा पाकेट मार्ने पक्राउ

दमौली : दिनहुँ सार्वजनिक गाडीमा यात्रु लुटिएको गुनासो आउन थालेपछि तनहुँ प्रहरीले घटनामा संलग्न दुईलाई पक्राउ गरको छ । पक्राउ पर्नेमा बागलुङ बरेङ गाँउपालिका –६ का ३४ वर्षीय हर्कबहादुर थापा तथा तनहुँ शुक्लागण्डकी नगरपालिका –६ थप्रेक निवासी ३० वर्षीय सुरज गुरुङ छन् ।

दमौली र तनहुँका विभिन्न क्षेत्रमा चल्ने लामो दुरीका सवारी साधनमा यस्तो समस्या देखिएपछि प्रहरीले निगरानी बढाएको थियो । मंगलबार म्याग्दी गाउँपालिका –४ थर्पुस्थित पृथ्वीराजमार्गमा धादिङबाट पोखरा जाँदै गरेको ग १ ख ४६६८ नम्बरको यात्रुबाहक बसमा सवार धादिङ निलकण्ठ नगरपालिकाकी राधा कोईरालाको ब्यागको चेन खोली लुट्न खोज्दै गर्दा उनीहरु पक्राउ परेका हुन् ।

बसका कण्डक्टरको सहायतामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक उमेशराज जोशीले बताए । उनीहरु विरुद्ध सार्वजनिक अपराध मुद्दा दायर गरिएको प्रहरीको भनाइ छ ।

annapurnapost.com बाट साभार

About admin

Check Also

विद्युत वितरण केन्द्रको लापरबाही : करेन्ट लागेर १ जनाको मृत्यु, ४ घाइते

हुम्ला– हुम्लामा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ भने ४ जना घाइते भएका छन्। …

Leave a Reply

Your email address will not be published. Required fields are marked *