Home / News / झाँक्रीसँग ८ दिनका लागि बिहे गरेको बताउने ‘पार्वती’ पक्राउ

झाँक्रीसँग ८ दिनका लागि बिहे गरेको बताउने ‘पार्वती’ पक्राउ

कैलाली- कैलालीको घोडाघाडी नगरपालिका-५ देउकलीमा विहीबार राधा चौधरीलाई बोक्सीको आरोपमा कुटपिट गर्ने किस्मती चौधरी (पार्वती) प्रहरीले पक्राउ गरेको छ । देउकलीकै स्थानीय बासिन्दा २० वर्षीया किस्मति चौधरीले आफू पार्वती भएको भन्दै राधामाथि निर्घात कुटपिट गरेकी थिइन् । उनले शिवजी रुप धारण गरेका झाँक्री रामबहादुर चौधरीसँग आफूले ८ दिनका लागि बिहे गरेको बताउने गरेकी थिइन् ।

रामबहादुर यसअघि नै पक्राउ परे पनि कस्मती फरार थिइन् । तर, उनलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सुख्खडका प्रहरी नायब निरिक्षक दिनेश विष्टले जानकारी दिए । पक्राउ गरिएकै कस्मतीलाई जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको विष्टले बताए ।

पक्राउ परेकी किस्मतीलाई जिल्ला प्रहरी कार्यालय कैलालीको महिला सेलमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए ।

पक्राउ परेका दुबै रामबहादुर चौधरी र किस्मती चौधरीलाई आजै जिल्ला अदालतबाट म्यादथप गराई थप अनसुन्धान गरिने बोहोराले बताए ।

पीडित छात्रा राधालाई घरबाट उठाएर झाँक्रीको घरसम्म लैजाने महिलाहरु भने अझैसम्म पक्राउ परेका छैनन्. । उक्त घटनामा संलग्न अन्यको पनि खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ । गत विहीबार नारी दिवसका दिन रामबहादुर चौधरी र किस्मती चौधरीले स्थानीय छात्रा राधा चौधरीलाई बोक्सीको आरोपमा सयौं गाउँलेका अगाडि छ घण्टासम्म निर्धात कुटपिट गरेका थिए ।

पीडितको अवस्था कमजोर कुटपिटबाट अशक्त बनेकी राधा चौधरीको अहिले सेती अञ्चल अस्पतालको सर्जिकल वार्डमा उपचार भैरहेको छ । उनको उपचारमा संलग्न चिकित्सक डा. सुरेन्द्र बस्नेतले घाइते चौधरीको आँखा र शरीरभरि नीलडाम रहेको बताए । उनले आँखामा चोट देखिएका कारण उनलाई गेटा आँखा अस्पतालमा आँखा जाँचका लागि रेफर गरिएको बताए ।

डा. बस्नेतले घटनापछि चौधरी मानसिकरुपमा देखिएको बताए । उनले घाइते चौधरीलाई शान्त वातावरणमा राखेर परामर्श गर्नु आवश्यक रहेको बताए ।

Source: media dabali

About admin

Check Also

विद्युत वितरण केन्द्रको लापरबाही : करेन्ट लागेर १ जनाको मृत्यु, ४ घाइते

हुम्ला– हुम्लामा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ भने ४ जना घाइते भएका छन्। …

Leave a Reply

Your email address will not be published. Required fields are marked *