Breaking News
Home / Entertainment / काठमाडौं बसपार्क नजिकको आकासे पुल नजिक एक युवतीले भनिन्, ‘मसँग जाने हो ?’‘दुई हजार रुपैँया रातभरीको ।’

काठमाडौं बसपार्क नजिकको आकासे पुल नजिक एक युवतीले भनिन्, ‘मसँग जाने हो ?’‘दुई हजार रुपैँया रातभरीको ।’

काठमाडौं बसपार्क नजिकको आकासे पुल नजिक एक युवतीले भनिन्, ‘मसँग जाने हो ?’‘दुई हजार रुपैँया रातभरीको ।’
काठमाडौं । अचम्म लागिरहेको छ मलाई जुन कुराहरु मैले सुनेको मात्र थिएँ, त्यो आफैँले देखेँ र भोगेँ पनि । कता ढल्कँदैछ हाम्रो संस्कार ? कता मोडिँदै छौँ हामी नेपाली ? यहाँ खुलेआम जवानीको मोलमोलाई हुन्छ । खुलेआम बार्गेनिङ गरिन्छ । महिलाको अस्मिताको महत्व खै ?

सबैभन्दा ठूलो कुरा पैसा नै हो त ? कतिसम्म सामान्य बन्दै छ यो जवानीको खेल ? म काठमाडौंको मनमैजु भन्ने ठाउँमा बस्छु । केही महिनाअघिको कुरा । मेरो एकसाथी बझाङबाट काठमाडौं आउँदै हुनुहुन्थयो । मध्याह्न १२ बजे नै आईपुग्नुपर्ने थियो । बाटोको समस्याले ढिलो भयो ।

काठमाडौंमा जाडो बढ्दै थियो । बसपार्कको आकासे पुल नजिकै पुगेर साथीलाई फोन गरेँ । स्वयम्भुमा बस सामान झार्न लागेको छ रे अझै आधा घण्टा लाग्छ भन्नुभयो साथीले । म आकासे पुल पुग्दासम्म कम्तिमा १५ जनाले मलाई ‘दाई होटेल हो ?’ भनेर सोधे । उनीहरु यस्तो पनि भन्थे, ‘दाई केटी लाने भए पनि मिलाइदिन्छौँ । पुलिसको पनि डर हुँदैन, चिन्तै मान्नु पर्दैन हामी सब मिलाउछौँ’ भन्थे । तर म तर्किरहेँ । आधा घण्टासम्म के गर्ने ? म आकासे पुल चढ्न थालेँ । आकासे पुलको भर्याङ चढ्दै थिएँ,त्यहाँ साईडमा तन्नेरीहरु जिस्कँदै थिए । मलाई पनि ‘जाने हो ?’ भनी सोध्दै थिए,म वास्तै नगरी भर्याङ चढिरहेँ । त्यत्तिकैमा माथि आकासे पुलको बीच भागतिर पुगेँ ।

चारैतिर हेरेँ उपत्यकामा लोडसेडिङ मुक्त भएपछि चारैतिर उज्यालो झिलीमिली देखिन्थ्यो । ‘लोडसेडिङ नभए त उपत्यकामा बाह्रैमास दिपावली हुँदोरहेछ ।’ मैले मनमनै सोचिरहेँ । सडकतिर हेरेँ, दिनभरी बाटो काट्न समेत फुर्सद नहुने यो सडक अहिले त अलि खाली खाली देखिन्थ्यो ।

झिलीमिली बत्ती आफ्नै तालमा बलिरहेको थियो,सबै आ–आफ्नो सुर तालमा थिए । जसलाई अरुको मतलब थिएन । कुर्दाकुर्दै रातीको नौ बजिसकेको थियो ।

एक युवति देखिइन् । यो लाईनमा उनी नयाँ जस्तो लाग्यो । ‘के हेरिरहनुभएको ?’ उनले सोधिन्। ‘केही हैन ।’ उनले फेरि सोधिन्, ‘अनि माथिबाट तलतिर हेरिरहनुभएको छ त ।’ मैले ‘हँ हँ ?’ यतिमात्र भनेको के थिएँ, उनले मलाई मुखै फोरेर भनिन्, ‘मसँग जाने हो ?’

मैले अलि नबुझे जस्तो गरेर जवाफ दिएँ, ‘कहाँ जाने ?’ उनले उत्तर दिइन् ‘होटेलमा !’ मैले सोधेँ ‘कुन होटेलमा जाने र ?’ उनले भनिन्, ‘मलाई के थाहा त केटा मान्छेले पो लाने हो त ?’उनीसँग थप कुरा गर्न मन लाग्यो मलाई । फेरि सोधेँ, ‘कति पैसा लिने ?’ उनले भनिन्, ‘दुई हजार रुपैँया रातभरीको ।’ अनि मैले भनेँ, ‘मैले पाँच सय सुन्या छु नि त ?’ उनले भनिन्, ‘त्यो त बूढी मान्छेले लिने हो म त तरुनी छु त ।’

मैले घर सोधेँ । उनले प्रतिप्रश्न गरिन्, ‘किन चाहियो ?’ मैले कर गरिरहेँ, ‘भन्नु न भन्नु चिनजान गर्दा के बिग्रन्छ र ?’ उनको घर सिन्धुपाल्चोक रहेछ । काठमाडौंको बसुन्धारामाबसोबास रहेछ । मसँग केहीबेरको कुराकानीमा झर्किरहिन, ‘ह्या के सोधिरा होला ? जाने भए जान्छु भन्नु नत्र जान्न भन्दे भैगोनी !’

फेरि मैले सोधेँ, ‘हजुरलाई डर लागिरहेको छ हो मसँग बोल्दा ?’ उनले हाँस्दै जवाफ दिईन, ‘यस्तो लुतेसँग के को डर ?’ हुन न त म अलि पातलो भएर पनि होला । उनी फेरि रिसाइन्, ‘तपाईँ पत्रकार हो कि क्या हो ?कति साधेको ?अहिले पुलिसले दुईचार लट्ठीहान्छअनि थाहा हुन्छ ।’ मसँग बोल्न तयार नभए पनि म उनीसँग बोल्न उत्सुक थिएँ । थप प्रश्न तेस्र्याइरहेको थिएँ । त्यत्तिकैमा आकासे पुलमा केटा मान्छेहरु उनलाई नजर लगाउँदै थिए । उनलाई इशारा गर्दै थिए । उनलाई बोलाउँदै थिए ।

तर उनी म भएकै ठाउँमा उभिराखिन् । मैले पेशेवर त्यस्तो काम गर्न अफ्ठ्यारो लाग्दैन ?भनी सोधेँ । तर उनी गम्भीर हुँदै आफ्नो जिन्दगीको लामो र जटिल कहानी भएको बताइन् । मैले बिहे भयो की भएन ? भनेर सोधेको थिएँ । उनले हाँस्दै भनिन्, ‘मेरो छोरा त तपाईँ जत्रै छ । छोरी ८ वर्षकी ।’ खासमा उनको सानैमा बिहे भएको रहेछ । डिभोर्स पनि भएछ । श्रीमानले अहिले अर्को बिहे गरेको रहेछ । श्रीमानले सधैँ रक्सी पिउने र बाहिर हिँडिरहने भएकाले डिभोर्स गरेको उनले सुनाइन् ।

झगडा पनि गर्ने भएपछि डिभोर्स गर्न बाध्य भएको उनको तर्क थियो ।अचानक उनी भावुक भइन् । मेरो पनि उनलाई हेर्ने दृष्टि बदलियो । अरु नै काम पाए गर्ने उनको बिचार थियो । भनिन्, ‘म जस्तो नपढेको मान्छेलाई कसले राम्रो जागिर दिन्छ र ?’ तिनले आफ्नो गाउँतिरका मान्छे देख्दा नराम्रो लाग्ने सुनाइन् । केही पैसा कमाएर एउटा पक्की घर बनाउने सपना बुनेकी थिइन् । अनि छोराछोरीलाई सँगै राखेर बस्ने उनको धोको रहेछ । म उनका कुराले साँच्चिकै भावुक भएँ । उनले आँशु झारिरहिन् । म झन् भावुक भएँ ।

फोन हेरेको त ११ मिस कल आइसकेछ । झसंग भएँ म । म जसलाई पर्खिरहेको थिएँ उही साथीको फोन आएछ, फोन साइलेन्स मुडमा रहेछ । रात छिप्पिसकेको थियो । ति महिलासँग बिदा भएर साथीलाई लिएर म कोठामा गएँ । रातभर उनको याद आइरह्यो ।

साथी त छिटै सुतिसक्नुभयो । मलाई त्यही आकासे पुलमा उभिएकी महिलाको याद आइरह्यो । उनका कुराले मलाई सताइरह्यो । आखिर गलत काम गर्न पनि मान्छे बाध्य हुँदो रहेछ । श्रीमानले नछोडेको भए त्यस्तो काममा नलाग्ने उनको कुरा थियो । यद्यपि उनले हारेकी त थिइनन् । सपना थियो उनको, सानो घर बनाएर खुसीसाथ बस्ने । उनको त्यो सपना छिट्टै पूरा होस् भनी मनमनै कामना गरेँ ।

samajikmedia.com बाट साभार गरिएको

Share this:

About admin

Check Also

विश्वकै अचम्मको परम्परा, जहाँ पहिला यौनसम्पर्क गरेर मात्र विवाहका लागि केटी छानिन्छ

एजेन्सी । कतिपय कुराहरू सुन्दै अनौठो लाग्छ । आ–आफ्नो ठाउको परम्परा अनुसार समाजको नियममा बाँधिनु …

Leave a Reply

Your email address will not be published. Required fields are marked *