Breaking News
Home / News / सलमान खानको नेपाल भ्रमण स्थगित

सलमान खानको नेपाल भ्रमण स्थगित

१८ फागुन, काठमाडौं । बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएको छ । विप्लव समूहको चेतावनीलाई कारण देखाउँदै सलमानले नेपाल नआउने सन्देश पठाएका हुन् ।

 

खानको ‘दबंग द टुर’ १० मार्चमा काठमाडौंमा हुने तय भएको थियो । टुँडिखेलमा हुने शोमा अभिनेत्री सानोक्षी सिन्हा, प्रभु देवा, मनिष पल लगायतका कलाकार पनि उपस्थित हुने भनिएको थियो ।

विकाशकारी भूकम्प र नाकाबन्दीपछि नेपालको पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रचार न्यूनिकरण गदर्ैै नेपाल सुरक्षित गन्तव्य भएको सन्देश दिन कार्यक्रम गर्न लागिएको थियो ।

आयोजक ओडीसी इन्टरनेसनले औपचारिक रुपमा शो स्थगित भएको घोषणा गरेको छैन । सलमान खानको टिमसँग सम्वाद भइरहेको आयोजक संस्थाका एक अधिकारीले बताए ।

आयोजक ओडीसी इन्टरनेसनले औपचारिक रुपमा शो स्थगित भएको घोषणा गरेको छैन । शो नयाँ मिति तय गर्ने प्रयासमा सलमान खानको टिमसाग सम्वाद भइरहेको आयोजक संस्थाका एक अधिकारीले बताए ।

शोका लागि झण्डै ५ हजार टिकट विक्री भइसकेको छ । यदि कार्यक्रमको मिति तय भए त्यही टिकटले हेर्न पाइने व्यवस्था मिलाइनेछ । टिकट फिर्ता गर्न चाहनेले त्यो सुविधा पनि पाउनेछन् ।

२०७४ फागुन १८ गते १२:२२ मा प्रकाशित

onlinekhabar.com बाट साभार गरिएको

About admin

Check Also

दुबईमा ‘लिभिङ टुगेदर’, अर्कैसँग बिहेपछि ब्लाकमेल गर्दै बलात्कार !

२५ फागुन, काठमाडौं । काठमाडौंको ठमेलका एक व्यवसायीले ब्लाकमेलिङ गरेर युवतीलाई लामो समयदेखि बलात्कार गर्दै …

Leave a Reply

Your email address will not be published. Required fields are marked *