विद्यालय व्यवस्थापन समितिको अध्यक्ष वडाध्यक्षलाई नै बनाउन प्रस्ताव

0 minutes, 0 seconds Read
Spread the love

वीरगञ्जका एक जना वडाध्यक्षले विद्यालय व्यवस्थापन समितिको अध्यक्ष वडाध्यक्षलाई नै बनाउने प्रस्ताव अगाडि सारेका छन् ।

सामाजिक सञ्जाल फेसबूकमा एउटा पोस्ट लेख्दै वीरगञ्ज – २० का वडाध्यक्ष रामकुमार सिंह (पराग) ले व्यवस्थापन समितिको अध्यक्ष वडाध्यक्षलाई बनाउँदा विद्यालयको उचित व्यवस्थापनका लागि सम्पूर्ण तह र निकायबाट पहल गर्न सहज हुने बताएका हुन् ।

वडाध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाएर अभिभावकलाई सदस्य बनाउँदा समिति गठन नहुन सकेका विद्यालयहरूमा समेत नेतृत्वका लागि भइरहेको लछारपछारको झन्झट अन्त्य हुने परागको विश्वास छ । उनले निर्वाचित व्यक्तिलाई व्यवस्थापन समितिको जिम्मेवारी दिए उनीहरूलाई जबाफदेही पनि बनाउन सकिने बताएका छन् ।

यद्यपि सङ्घ र प्रदेशमा निर्वाचित प्रतिनिधिले नियमावली बनाउँदा आफूलाई केन्द्रमा राखेर मात्रा सोच्दा यस्तो नहुन सकेको उनको बुझाई छ ।

बुधवार संसद्मा टेबल भएको विद्यालय शिक्षा सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० मा रहेका केही समस्या पनि उनले औँल्याएका छन् । सन्ताक गरेकै व्यक्तिलाई आधारभूत विद्यालयमा शिक्षक बनाउने प्रस्तावले समस्या ल्याउन सकिने भन्दै उनले लेखेका छन्, ‘स्नातक गरेकै व्यक्तिलाई आधारभूत विद्यालयमा शिक्षक राख्ने हो भने कति कक्षा खाली नै रहने सम्भावना देखिँदै छ । अहिले त विद्यालयमा शिक्षक छैनन् भने अब के होला ?’

उनले सङ्घ र प्रदेशका सांसदहरूलाई वडा सम्मको जबाफदेही हुन् अनुरोध पनि गरेका छन् । यात्राडेल्ली

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *