Home / News / ​नक्कली नेपाली पैसा छाप्ने २ जना भारतीय नागरिक पक्राउ

​नक्कली नेपाली पैसा छाप्ने २ जना भारतीय नागरिक पक्राउ

धनगढी, पुस २८ –प्रहरीले कञ्चनपुरको बेलौरीबाट नक्कली पैसा छाप्ने गिरोहका २ जना भारतीय नागरिक पक्राउ गरेको छ

नक्कली पैसा छाप्ने गिरोहका २ जना सदस्यलाई प्रहरीको क्षेत्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो । भारतको लिभीत बस्ने २२ वर्षीय बलवीर सिंह र त्यसै स्थानका १९ वर्षीय अनमोल भनिने कृष्ण सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर–६, को नेपाल भारत सीमा क्षेत्र दशगजा नजिक दुमली भन्ने स्थानबाट पक्राउ गरिएको प्रहरी क्षेत्रीय अनुसन्धान ब्यूरो सुदूरपश्चिमले जनाएको छ ।

उनीहरुको साथबाट नेपाली एक हजार रुपैयाँको नक्कली नोट बनाउन राखिएका कागज, नक्कली पैसा बनाउन प्रयोग गरिने केमिकल र लेन्स पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलौरीमा राखिएको छ ।

samajikmedia.com बाट साभार  गरिएको

About admin

Check Also

विद्युत वितरण केन्द्रको लापरबाही : करेन्ट लागेर १ जनाको मृत्यु, ४ घाइते

हुम्ला– हुम्लामा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ भने ४ जना घाइते भएका छन्। …

Leave a Reply

Your email address will not be published. Required fields are marked *