Home / News / किसानले बजार मुल्य नआएपछि अदुवाभण्डारण गर्न थाले

किसानले बजार मुल्य नआएपछि अदुवाभण्डारण गर्न थाले

धनकुटा । समान्यतयाअदुवा कृषकहरुले चैत्र महिनामाअदुवा रोप्ने गर्छन । ढिलो नै भै गयो भने पनि वैसाख र जेठ पहिलो हप्ताभित्रमाअदुवा रोपी सक्नु पर्ने हुन्छ । वर्षा शुरु भएर रोपेको अदुवाकुहिएर जाने र टुसा (वच्चा) नलाग्ने हुन्छ । चैत्रमा रोपेको अदुवाभदौरे पुर्णिमामान्वाँगीको चढाउन अदुवा प्रसादको रुपमाखन्ने गर्छन । अदुवा यो वर्ष कतिको फल्यो भन्ने पनिकिसानहरुले यो सिजनमाथाहापाउने गर्छन । विशेष गरेर आदिवासी किराँती समुदायले न्वाँगी चाडमा अदुवाअनिवार्य रुपमा चढाउनु पर्ने हुन्छ । यसरी हेर्दा अदुवा खेती परम्परा देखीधार्मिक साँस्कृतिक रुपमापनि खेतीहुँदै आएको पाईन्छ ।
धनकुटाका अधिंकास किसानहरुले न्वाँगी चढाउन र पुजाआजालाई मात्रनभएर अदुवा खेती वर्षौ देखीव्यावसायीक रुपमागर्दै आएका छन् । पछिल्लो समयमाआएर अदुवा खेतीअदुवाकिसानहरुको लागीजिविकोपार्जनको गतिलो माध्यामवनेकोथियो । तर अदुवाको बजार र मुल्यनिरन्तर रुपमापछिल्लो दुई वर्ष यताओरालो लागेपछि धनकुटाका अधिकांशअदुवाकिसानयतिवेलानिराश र चिन्तित् छन् । वर्षौ देखीगरि ल्याएको पेशा मन नलागीनलागीभएपनि सवै किसानले आफ्नो वारीमाअदुवाफलाए तर मुल्य र वजार नपाउँदाउनीहरु निराशचिन्तामा परेका हुन ।
खाल्सा छिन्ताङ्ग शहिदभुमीगाउँपालिका वडा नं.–६आँखिसल्लाकामानवहादुर राई यतिबेलानिक्कै चिन्तितमुद्रामा छन् । तीनवर्ष अघिसम्म प्रतिकिलो १ सय ९० रुपैयासम्मविक्री गरेको अदुवाको मुल्य यो वर्ष घटेर २५ रुपैयामाआईपुगेकोउनले बताएका छन् । ‘बजार र मुल्य राम्रो पाएकाले अघिल्लो वर्षहरुको तुलना गरेर व्यवसायिक रुपमाअदुवा खेतीविस्तार गरे’ उनले भने ‘अहिले आएर अदुवाको बजार पनि छैन । मुल्यपनि छैन ।’ उनले यो वर्ष १० रोपनीजग्गामा ६ क्वीन्टल अदुवा रोपेका थिए। वजार मुल्यनभएकाले यो वर्ष आफ्नो वारीमाफलेको १२ क्विन्टल भन्दा वढी अदुवावारीकै पाटामा खाल्डा खनेर स्टोर गरेर राखेको राई वताउँछन् ।
त्यस्तै अर्का अदुवा कृषक खाल्सा छिन्ताङ सहिदभूमीगाउँपालिका वडा नं. ६ थलथलेबजारका हुकुमचन्द्र राईले पनि अघिल्लो वर्षहरुको तुलनामा यो वर्ष अदुवा खेती घटाएका छन् । त्यसो त उनले तिनवर्ष अघिसम्म २० रोपनी क्षेत्रफलमाअदुवा खेतीगर्थे तर उत्पादनभएको अदुवाविक्रीहुन छाडेपछि अहिले ४ रोपनी क्षेत्रफलमामात्रै सीमित गरेको बताए । उनले भने ‘दुई÷तिनवर्ष अघिसम्म अदुवाको बजार मुल्य राम्रो थियो, यो वर्ष हिउँदजानलाग्दापनिअदुवाको वजार मुल्य नवढेकाले ४ रोपनीजग्गामाफलेको १० क्विन्टल अदुवामुल्यपाउने आशामा खाल्डा खनेर राखेको वताएका छन् । चैत्रमहिनाको अन्तिमतिर अदुवाको विउको सिजनआउँदावजार मुल्यपाउने आशामाअदुवा स्टोर गरेको छु ।’
राईले भने ‘अदुवा स्टोर गर्न जान्दाअथवा खाल्डामा पानी÷चिसो पसेन भने दुई÷तीनवर्षसम्ममाउअदुवा राख्न सकिने, खाडलमा चिसोले भेट्न थाल्यो भने ग्वालीमाओभानो ठाउँमा राख्ने गरेको वताए। उनी भन्छन् ‘बजार नै नभएपछि जतिउत्पादन गरेपनिविक्रीशुन्य छ । स्थानीयवजारमाकतिविक्रीगर्नु, मरिमरि वोकेर ल्यायो २५÷३० रुपयाँमाविक्रिगर्नु पर्छ । वाहिरी जिल्लामानिर्यात नै छैन ।’
भारतीयबजारमाअदुवाको निकासीबन्दभएसँगै अदुवाको भाउमाभारी गिरावट आएपछि व्यवसायिक रुपमाअदुवा खेतीगर्दै आइरहेका धनकुटाका अधिकांशकिसान र व्यापारमा संलग्नव्यापारीहरुले अहिले अदुवामुल्यपाउने आशामा स्टोर गर्न थालेका हुन् । कतिपयकिसानले तबजार नहुँदानयाँअदुवानिकाल्ने वेलानागी सक्दापनिअदुवावारी मै नखनी वस्तुभाउले टेक्छ भनेर बारबेर गरेर राखेका छन् ।
२०५८÷०५९ साल देखि व्यवसायिकअदुवा खेतीगर्दै आइरहेका आँखसल्लाका छोङला प्रसाद राईले वार्षिक ४२ मनसम्मअदुवाउत्पादनगर्दै आइरहेका थिए । तर अहिले बजार र भाउ नपाएपछि अघिल्लो वर्षदेखीउत्पादन घटाएको उनले बताए । ‘यो वर्ष पनि ५ रोपनीमा मन नमानीनमानीअदुवालगाएको २० मन जतिफलेको छ’ उनले भने ‘मुल्य छैन विक्रिगर्ने भन्दा स्टोर गरेर थन्क्याएर राख्छु ।’ खोकु, छिन्ताङ र आँखिसल्लाक्षेत्रकाकुल घरपरिवार मध्ये करिव ८० प्रतिशतकिसानले अदुवा खेतीगर्दै आइरहेका छन् ।
धनकुटा नगरपालिका वडा नं.३ कि हिरामायाथापाले अदुवा खेतीगर्न थालेको ७वर्षको अवधीमा ०७१ सालमा १ सय ४० रुपयाँले प्रति केजीविक्रि गरे पनित्यो भन्दायताभने जस्तो मुल्यनआएको वताईन । थापाले अदुवाको मुल्यआयो भने दाहोरो फाईदा हुने वताए । अदुवाको माउपनिविक्ने फलिसके पछि नयाँफलपनिविक्रिगर्न पाईने हुँदा दोहोरो आम्दामीहुँदाकिसानलाई अदुवाले राम्रै आम्दमीहुने उनको अनुभव छ । उनले ७वर्षको अवधीमा ११ लाख रुपयाँको अदुवाविक्रि गरेको वताए । उनले यो वर्ष पनि १० क्विन्टेल जतिअदुवाफलेको छ तर वजार मुल्यनभएकाले खाल्डो खनेर स्टोर गरेर राखेको वताईन ।
यताउन्नती परियोजनाले आ.व. ०७४÷०७५ माजिल्लाका सात वटा कृषि सहकारी मार्फत उन्नतजातको अदुवाउत्पादनको लागी १० लाख रुपयाँलागनी गरेको जनाएको छ ।उन्नती परियोजनाले धनकुटा नगरपािलका वडा नं.७मा रहेको सुनौलो कृषि सहकारी संस्था लिमिटेडलाई २ लाख, १७हजार, नवपालुवाकृषि सहकारी छिन्ताङलाई १ लाख, ६३ हजार, सरस्वती कृषि सहकारी आहालेलेलाई १ लाख, ९६ हजार, साँगुरीगढीगाउँनगर कृषि समुलाई १ लाख, ८७हजार, नमुनामहिला कृषि सहकारी छिन्ताङलाई १ लाख, ८७हजार र संयुक्तजिविकापार्जन कृषि समुहचप्लेटी चुङवाङ धनकुटालाई १ लाख ८७हजार गरि जम्मा१० लाख रुपयाँअदुवा खेतीको लागीविउकिनेर किसानलाई अदुवा रोप्ने कार्यक्रमको लागीलगानी गरेको जनाएको छ ।
त्येसैगरी सयुक्त कृषि सहकारी संस्था लिमिटेड मौनावुधुक र महिला सहकारी संस्थापारिपात्ले धनकुटालाई अदुवा संकलन केन्द्रको भवननिर्माणको ११÷११ लाख, तालिमहरु अदुवाको मलवनाउने, सुठो वनाउने, अदुवाको उत्पादन वढाउने र टिलर मेशिनखरिदको लागी ५ लाख रुपयाँगरि जम्मा १६÷१६ लाखको कार्यक्रमचालु आ.व.मा संचालन भैरहेको उन्नती परियोजनाशाखाकार्यालय धनकुटाका कृषिव्यावसायिक विज्ञ लक्ष्मण आचार्यले वताएका छन् ।
अदुवाउत्पादन÷प्रशोधनगर्ने र वर्षौ देखीअदुवा खेतीगर्दै आएकाअधिकांशकिसानले भने उन्नती परियोजनाको कार्यक्रमआफुहरुले नपाएको गुनासो गरेका छन् । खाल्सा छिन्ताङ शहिदभुमीगाउँपालिका वडा नं.६ का हेमकुमार राईले भने “आफ्नो वडा ६ नम्वर र आँखिसल्लाआसपासको अधिकांशकिसानले अदुवा खेती गर्छन तर अदुवाकावजारिकण उत्पादन÷प्रशोधनको लागीउन्नतीले संचालन गरेको कार्यक्रमआएको छैन ।” जस्ले राजनतिक रुपमापहुँच पु¥याउछन् उनैले मात्रै कार्यक्रमपाउने गरेको दुखेसो पोख्छन् पाख्रीवास नगरपालिका वडा नं.९ का चन्द्रलालतामाङ । तामाङ भन्छन् “जति राम्रो परियोजनाआएपनि सर्वसाधरण गाउँमा वस्ने किसानले सहजै कार्यक्रमनपाउने, पाई हाले पनिकागजीप्रक्रिया झन्जटीलो छ ।” तामाङले अदुवा खेतीको कुरा गर्दा चुङवाङ, आँखिसल्ला, छिन्ताङ नै हुन विडम्वना उन्नतीले संचालन गरेको अदुवाको कार्यक्रम एउटा पनि छैन । उनले सदरमुकामवरिपरी पहँुचवालाले मात्रउन्नती परियोजनाको कार्यक्रम संचालनगरिहेको दावी गरेका छन् ।
जिल्लाकृषिविकास कार्यालय धनकुटाको तथ्यांकअनुसार पछिल्लो समय धनकुटामा अदुवाको खेतीको क्षेत्रफल र उत्पादन घट्नथालेको छ । अघिल्लो आव २०७३÷०७४मा २ सय ५५ हेक्टर क्षेत्रमाअदुवा खेतीभएको थियो । जसवाट ४ हजार ६६ मेट्रिक टन अदुवाउत्पादनभएको थियो । तर सो परिणाम अहिले घटेको छ । गतआ.व.मा २ सय ३५ हेक्टर क्षेत्रफलबाट ३९ सय ३ मेट्रिक टन उत्पादनभएको कृषिविकास कार्यालय धनकुटाको वागवान् िशाखाले जनाएको छ । यो वर्ष कतिअदुवा धनकुटामा उत्पादनभयो भन्ने रेकर्ड आई नसकेको पनिशाखाले जनाएको छ ।
जिल्लाका धनकुटा नगरपालिका, खाल्सा छिन्ताङ्ग शहिदभूमीगाँउपालिका, साँगुरीगढी गाँउपालिका र पाख्रिबास नगरपालिकाकाविभिन्न वडाहरुमा व्यवसायिक रुपमाअदुवा खेतीहुने गरेको छ । धनकुटामा बोसे र नसे जातकाअदुवाको खेतीहुने गरेको भएतापनि कृषकहरुले बोसे जातको अदुवावढी मात्रामाखेतीगर्दै आइरहेका छन् ।
फोटो क्याप्सन ः धनकुटा–खाल्सा छिन्ताङ शहिदभुमिगाउँपालिका वडा नं.६ का वर्ष ४४ का मानवहादुर राईले आफ्नो वारीको अदुवा खनेर भण्डारण गर्ने क्रममा ।
फोटोःसन्तवीर लामा÷ब्लाष्ट, धनकुटा

dhankutakhabar.com बाट साभार गरिएको

About admin

Check Also

विद्युत वितरण केन्द्रको लापरबाही : करेन्ट लागेर १ जनाको मृत्यु, ४ घाइते

हुम्ला– हुम्लामा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ भने ४ जना घाइते भएका छन्। …

Leave a Reply

Your email address will not be published. Required fields are marked *