राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले फागुन ३ गते देखि संगीत प्रशिक्षण शुरु गरेको छ । ६ महिने कलाकार प्रशिक्षण कार्यक्रम अन्तर्गत पहिलो चरणमा फागुन ३ गते देखि गायन विधाको प्रशिक्षण शुरु भएको हो ।
प्रशिक्षण प्रतिष्ठानकै कार्यालय काठमाडौंको टोखामा हुने प्रतिष्ठानका अध्यक्ष रमेश विजीले बताए । संगीतविज्ञ सुदेशराज शर्माले प्रशिक्षण दिने कक्षा बिहान ६ देखि ८ बजेसम्म सञ्चालन हुने छ ।
२० जना प्रशिक्षार्थीहरु रहेको र पहिलो चरण भएकाले ५० प्रतिशत छुट दिएर ३ हजारमा ६ महिना प्रशिक्षण दिईने अध्यक्ष विजीले जानकारी दिएका छन् । प्रशिक्षणमा रोल्पा, रुकुम, सल्यान लगायत काठमाडौंका प्रशिक्षार्थीहरुको सहभागीता रहेको कुरा अध्यक्ष बिजिले जानकारी गराएका छन् ।